२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राप्रपाको प्रदर्शन : काठमाडौंका यी सडकमा डाइभर्सन र पार्किङको व्यवस्था



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (मंगलबार) काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्‍याली निकाल्दै बल्खुमा कार्यक्रम गर्ने गरी राप्रपाले तयारी गरेको छ । उक्त प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसिबजार-मकालु-कलंकी चोक-बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक-कुलेश्वरकालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर-सुन्दरीघाटसानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।

आवश्यक परेको खण्डमा त्रिपुरेश्वर-बालाजु-हलचोक-नैकाप हुँदै सितापाईला र चोभार-फर्पिङ-नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ । कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँबसपार्क र सितापाईला–बाफल सडक खण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।