ललितखबर/काठमाडौं
गायकबाट नायक बनेका थुप्रै कलाकार छन् । यश कुमार,प्रकाश सपुत,बाबु बोगटीदेखि रामकृष्ण ढकाल र उदित नारायण झासम्म ‘हिरो’को उदाहरण हुन् । जो जो गायक चलचित्रका हिरो बने उनीहरु हराएर गएको तथ्य भेटिन्छ ।
कतिपय गायक चलचित्रको ‘हिरो’ बनेपछि यताको न उताको बनेको देखिन्छ । दर्शकको मायाँ पाइरहेका गायकहरु रंग न ढंगको चलचित्रमा ‘हिरो’ बनेपछि विस्तारै क्रेज हराएर जाने गरेको देखिन्छ ।
पछिल्लो पुस्ताका चर्चित गायक दुर्गेश थापामा पनि हिरो बन्ने भूत जागेको छ । चलचित्र कर्माको गीत गाएपछि सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले चलचित्र खेल्ने रहर लागेको बताए ।
गायक थापाको रहर भने एक्सन हिरो बन्ने रहेछ । कसैले अफर गरे अनि राम्रो चलचित्रको प्रोजेक्ट पाए आफू काम गर्न तयार रहेको समेत खुलाए ।
उनले एक्सन निर्देशक सौरभ चौधरीको अगाडि नै आफुलाई हिरो बन्ने रहेको भन्दै आफुलाई चलचित्रमा लिन आग्रह गरे ।
निर्देशक चौधरीले आफू दुर्गेशलाई लिएर चलचित्र बनाउन तयार रहेको भन्दै प्रश्न गर्ने पत्रकारलाई नै कुरा मिलाइदिन ठट्यौली पारामा आग्रह गरे ।
नेपाली चलचित्र क्षेत्रमा टिक्न र बिक्न कठीन छ । राम्रो काम गरिरहेका ‘हिरो’हरु नै काम नपाएर हल्लिरहेको छन् । यसै बर्ष चलचित्रका स्टारहरु स्टार बिकेनन् । अनमोल केसी चलचित्र ‘फर्कि फर्कि’पछि चलचित्रमा फर्कन सकेनन् । दयाहाङको यो वर्ष १० वटा चलचित्रमध्ये ८ वटा फ्लप सावित भए । पछिल्लो बर्ष कथा विक्यो । ‘हिरो’ विकेन । पूर्ण बहादुरको सारंगी, एञ्जिला यसको प्रमाण हो ।
निरन्तर सफलताको सिडी चडि चढिरहेका गायक दुर्गेशको हविगत अरु गायक ‘हिरो’को जस्तै हुने होइन ?
त्यो त दुर्गेशले नै बुझ्ने कुरा हो । म्युजिक भिडियो जस्तो होइन है चलचित्र । कि कसो ?
२५ चैत्र २०८१, मंगलबार
94
Shares
प्रतिक्रिया