१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छः बालेन शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तिनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन् । किर्तिपुर र डल्लु पुगेर दुवै परिवारसँग समवेदना व्यक्त गरेका हुन् ।

चैत्र १५ गते भएको उक्त घटनामा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।

“राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,” मेयर शाहले भने । उनले पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत प्रदान गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।