१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुको सभापछि राप्रपाले आफैं सफा गर्‍यो सडकको फोहोर



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर संकलन गरेको छ । महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गरेका हो ।

कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।’

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।