काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बल्खुमा आयोजित खबरदारी सभा एवं प्रदर्शनमा घुसपैठ गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाका कार्यकर्ताले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । पक्राउ पर्नेमा दाङ घोराही-४ स्थायी घर भई अहिले कीर्तिपुर बस्दै आएका ४२ वर्षका भरत वली, धादिङ रुबीभ्याली-४ घर भई अहिले कीर्तिपुर बस्दै आएका ३० वर्षका रमेश लामा, रामेछाप मन्थली नगरपालिका-४ घर भई बल्खु बस्दै आएका १८ वर्षका सुवास खड्का, नवलपरासीको हर्कपुर-४ स्थायी घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षका रञ्जित क्षेत्री र कैलाली स्थायी घर भई बूढानीलकण्ठ बस्दै आएका ६१ वर्षका दण्डपाणी रेग्मी छन् ।
उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया