४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन ३६ दिनमा पुरा



चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । सुरेन्द्र पौडेल निर्देशनमा निर्माणाधिन चलचित्रको चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको हो । निर्माण पक्षले चलचित्रको छायांकन ३६ दिनमा पुरा गरेको हो ।
“हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने ।
सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्देशक पौडेलले बताए ।
चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।
। लक्ष्मी पूजाका दिन कात्तिक ३ गते चलचित्र प्रर्दशन घोषणा गरिएको छ । चलचित्रको आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।