चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । सुरेन्द्र पौडेल निर्देशनमा निर्माणाधिन चलचित्रको चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको हो । निर्माण पक्षले चलचित्रको छायांकन ३६ दिनमा पुरा गरेको हो ।
“हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने ।
सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्देशक पौडेलले बताए ।
चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।
। लक्ष्मी पूजाका दिन कात्तिक ३ गते चलचित्र प्रर्दशन घोषणा गरिएको छ । चलचित्रको आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।
२५ चैत्र २०८१, मंगलबार
42
Shares
प्रतिक्रिया