१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकामा चोरी भएका सवारीसाधन फेला पारेर प्रहरीद्वारा फिर्ता



काठमाडौँ
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका २० थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालय रामशाहपथको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १३ मोटरसाइकल र सात स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा विभिन्न स्थानबाट खोजीगरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको जगाति, चुनदेवी, बानेश्वर, गौरीघाट, मङ्गलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कलङ्की, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानीलगायत स्थानबाट उक्त सवारीसाधन फेला पारेको थियो । प्रहरीले चालू आर्थिक वर्षमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३८६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारीसाधन चोरीमा संलग्न ५४ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीले आव २०७९÷०८० मा ४९९ वटा र आव ०८०÷०८१ मा ४१७ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको थियो ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।