ललितखबर
पछिल्लो पुस्ताकी अभिनेत्री हुन्, दिव्या रायमाझी । चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी भएको नाताले उनको चर्चा चलचित्र क्षेत्रमा भइरहेकै छ । उनले भर्खरै चलचित्र ‘एक्टर एक वान’मा प्रदिप खड्काको जोडी भएर अभिनय गरिन् । चलचित्र सुपर हिट नभए पनि दिव्याको कामले प्रशंसा नै पायो ।
अभिनेत्री दिव्या आफूलाई चलचित्र क्षेत्रमा वुवा दिलिप रायमाझीको नामका कारण सझिलो भइरहेका बताउदै आएकी छिन् । तर, उनले चलचित्र क्षेत्रमा स्थापित हुन वावुको पर्याप्त सहयोग नपाएको खुलेको छ ।
उनले छोरी दिव्याको चलचित्र हेरिदिनुस् भनेर क्यामेरा अगाडि उभिएर एक पल्ट पनि भनेको सुनिएको छैन ।
भर्खरै चलचित्र पिताम्बरको ‘म त फ्यान भए यार’ सार्वजनिक भएपछि दिव्याले दिलिपलाई भिडियो बनाउन आग्रह गरिन् । तर दिलिपले मानेनन् । उनले भने, ‘मैले जति गर्नुथियो गरिसके छोरी, अव तिम्रै हातमा छ ।’ जुन कुरा दिव्याले एक कार्यक्रममा पत्रकारहरुकै अगाडि बताएकी छिन् ।
अभिनेत्री दिव्या आफ्नो वावुको हिसावले सपोर्ट गरिरहेको सुनाए पनि चलचित्रमा स्थापित हुन कुनै पहल नै गरेको सुनिदैन । देखिदैन ।
चलचित्र क्षेत्रमा स्थापित गराउन अभिनेता विराज भट्टले छोरा समिरसँग चलचित्र नै खेले । उनको सकारात्मक पक्ष जहाँत्यही सुनाउदै हिडेको सुनिन्छ । अभिनेता विराज छोरा समिरलाई अघि बढाउन दिलोज्यान दिएर लागेका छन् ।
विराज छोरा समिरलाई अघि बढाउन मरिमेटेर लागेको अवस्थामा दिलिप आफ्नै छोरीलाई किन सपोर्ट गर्दैनन् ? भन्दै चलचित्रबृत्तमा चर्चा चल्न थालेको छ ।
पछिल्लो समय दिव्याको चलचित्र पिताम्बर प्रर्दशनको तयारीमा छ । कलाकारहरुको भीडमा दिव्याको चर्चा खासै हुने अवस्था देखिएको छैन । दिव्याको करिअरक लागि यो कठीन मोड हो । यही बेला उनको चर्चा हुनु पर्ने हो ।
दिव्यालाई आफ्नै वुवा दिलिपले समेत सहयोग गर्दैनन् भने अरु कसले गर्ला ?
आफ्नै वावु हिरो भएर पनि दिव्यालाई सहयोग छैन किन ? प्रशंसकहरुको प्रश्न जायज छ ।
प्रतिक्रिया