काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं सतुंगलबाट लागुऔषधसहित बुधबार तीन जनालाई पक्राउ लिएको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ्ग–८ घर भई काठमाडौँ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौँ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह रहेका छन् ।
बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज हुँदै काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागुऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् । नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रतिक्रिया