१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्रको बजारको आकार २ अर्ब ७० करोड पुग्यो



काठमाडौं । २०८१ सालमा नेपाली फिल्मको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली फिल्म बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।

नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ भएको छ । यसवर्ष रिलिज भएका कूल ५९ नेपाली फिल्मको कूल कमाइ १ अर्ब ८० करोड छ ।

यसवर्ष रिलिज भएका कूल ८३ विदेशी फिल्मको कमाई ८९ करोड ५८ लाख नेरु छ । नेपाली र विदेशी फिल्मको कूल कमाई जोड्दा २०८१ सालमा २ अर्ब ७० करोड हुन आउँछ । पहिलो पटक नेपाली फिल्म बजारको कमाइमा यस्तो उछाल आएको हो ।

यसैवर्ष नेपाली फिल्मको कूल टिकट ५७ लाख ३७ हजार वटा बिक्री भएको छ । विदेशी फिल्मको टिकट २६ लाख ९० हजार पुगेको छ । दुबै फिल्मको कूल टिकट ८४ लाख ५७ हजार पुग्छ ।

यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को योगदान नेपालको बक्सअफिसमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।