१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘फ्लप’ बनेपछि फेरि पनि अभिनेत्री रेखा र पुजाको मिलन ?



काठमाडौं
नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ कलाकारहरुको प्रवेश बढ्दो छ । सानो बजारमा थुप्रै अभिनेत्रीहरु संर्घष गरिरहेका छन् ।
केही बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेका कलाकारहरु अहिले सुस्ताउदै छन् । उत्साह बोकेर चलचित्र क्षेत्रमा होहल्ला गर्ने केही अभिनेत्रीहरु विदेशतिर बरालिएका छन् । केही घरमै थन्केका छन् ।
चलचित्र क्षेत्रमा हिरो नबिक्ने कथा विक्ने चलन आएपछि हिरोइनको पनि हालत खराव हुने नै भयो ।
तर चलचित्र क्षेत्रमा छुट्टै उत्साह बोकेर अघि बढेका अभिनेत्री रेखा थापा र पूजा शर्माको मित्रता अनौठो देखिएको छ । केही समयअघि रेखा थापाले चलचित्र उपहार बनाइन् । उनले प्रतिश्पर्धी अभिनेत्रीहरु पुजा शर्मा,बेनिसा हमाल र शुष्मा कार्कीलाई लिएर चलचित्र उपहार निर्माण गरिन् ।
चलचित्र ‘उपहार’को लगानी उठ्नै सकेन । लामो समयको अन्तरालमा चलचित्र निर्माणमा होमिएकी रेखाको पछिल्लो चलचित्र समेत फ्लप भएपछि रेखालाई मात्रै होइन। यसै चलचित्रकी अर्की अभिनेत्री पूजा शर्मालाई पनि धक्का मार्यो ।
उपहारमा आधा दर्जन गीत राखेपछि पनि यो चलचित्र गीति कथाजस्तै बन्यो ।
तर अनुभवी रेखाले जानाजान आधा दर्जन गीत बजाएपछि न दर्शकले रेखाको चलचित्रलाई मन पराए,न चलचित्र नै गतिलो भयो । चलचित्र त पुरै गीति कथा जस्तो भयो ।
उता चलचित्र दान्भी र रावायणको असफलतापछि पूजा शर्माको पनि ओरालो यात्रा सुरु भएको छ ।
चलचित्रको सफलता हात पार्न नसकेपछि रेखा थापा अर्को चलचित्र ‘छत्तिस आँकडा’निर्माणमा जुटेकी छन् । पूजा शर्मालाई साथमा लिएर रेखाले ‘छत्तिस आँकडा’निर्माणमा जुटेकी हुन् । रेखाले नै आधिकारिक रुपमा बाहिर बोलेकी छैनन् ।
फ्लप चलचित्रका अभिनेत्रीहरु पुजा र रेखाको आगामी यात्रा कस्तो होला ? हेर्न बाँकी नै छ ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।