हरेक शुक्रबार देशभरका चलचित्र भवनमा चलचित्रको प्रर्दशन सुरु हुन्छ । सो चलचित्रको बुकिङ खेले पनि टिकट बिक्दैन ।
तर चलचित्र भवनमा दर्शकको भीडमा दर्शकसँग झुमेको नाचेको, सेल्फी खिचेको दृश्य सञ्चारमाध्यमहरुमा देखिन्छ । शुक्रबार र शनिबारसम्म चलेको चलचित्र आइतबार धेरै हलमा दर्शक भेटिदैन ।
निर्माताले टिकट किनेर बाड्ने गरेकाले यसरी चलचित्र भवनमा दर्शकको भीड बढेको तथ्य खुलेको छ ।
सुपर हिट चलचित्र पूर्ण बहादुरको सारंगीका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लख्दै आफूले चलचित्र पूर्ण बहादुरको सारंगी प्रर्दशनको बेला १० १२ लाखको टिकट किनेरको जानकारी दिएका छन् । उनले लेखेका छन‘इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाए पनि २०/२५ लाखको त टिकट किन्नैपर्छ । १०/१२ लाखको त हामीले पनि किनेकै हो । अब टिकट काट्नु पनि मार्केटिङ प्लान हो ।’
केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र ‘कर्मा’का निर्देशक सौरभ चौधरीले आफूले अहिलेसम्म चलचित्र प्रर्दशन गरेपछि भाडाका दर्शक ल्याएर नदेखाएको आफूले यस्तो नगर्ने बताएका थिए ,
चलचित्रका ‘कर्मा’का निर्माता वसन्त लम्साल नेपाली चलचित्र क्षेत्रका यस्ता विकृती पत्रकारिता क्षेत्रले उजागर गर्न सल्लाह दिदै चलचित्र क्षेत्रका यस्ता विकृतिविरुद्ध बोल्नु पर्ने तर्क गरेका थिए । उनले निर्देशक चौधरीको बोलीमा बोली मिलाउदै भाडाका दर्शक ल्याएर चलचित्र नदेखाउने बताएका थिए ।
नयाँ चलचित्र प्रर्दशनपछि शनिबार राजधानीको वालाजु वा कीर्तिपुर क्षेत्रमा दर्शकको भीडमा कलाकारहरु चिच्चाएको, सेल्फी खिचेको र अंगालो हालेको दृश्यहरुलाई चलचित्रकर्मीहरु चलचित्र चलाउने नाटक मञ्चनको संज्ञा दिने गरेका छन् ।
आफ्नो मान्छेलाई टिकट निःशुल्क बाढ्ने, क्यामेराअगाडि रुन लगाउने र बढाई चढाई बोल्न लगाउने प्रबृतिविरुद्ध आवाज उठ्न थालेको छ ।
मैले अहिलेसम्म चलचित्र प्रर्दशन गरेपछि भाडाका दर्शक ल्याएर देखाएको छैन । हाम्रो यस्तो चलचित्रमा यस्तो गर्दैनौं
पछिल्लो समयको बहस सुन्दा चलचित्र चलाउन गरिने फण्डा र स्टनवाजीले नयाँ र व्यावसायिक चलचित्र निर्माण गरेर दर्शकसम्म पुग्न कठीन रहेको दृश्य देखिएको छ ।
प्रतिक्रिया