७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रेमिकाको तस्बिरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा ललितपुरका युवक पक्राउ



ललितपुर । प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिकाको तस्बिरबाटै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक (प्रेमी) पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारी छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनको अन्तर्गतको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

उनी एक युवतीसँग प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा रहँदा खिचिएका प्रेमिकाको अन्तरंग तस्बिर प्रेम सम्बन्ध बिग्रिएपछि दुरुपयोग गरेको र उक्त तस्बिर पूर्वप्रेमिकालाई समेत पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोप उनीमाथि छ ।

प्रेमिकाका तस्बिर र भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने भन्दै धम्की दिएको आरोप पनि उनीमाथि छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।