१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’को आजबाट प्रर्दशन सुरु



दुबै चलचित्रले बक्सअफिसमा राम्रो सुरुआत गर्ने चलचित्र समिक्षकहरुले प्रक्षेपण गरेका छन्

ललितखबर
आजबाट देशभरका चलचित्र भवनहरुमा चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’को प्रर्दशन सुरु भएको छ ।

नयाँ वर्ष २०८२ को पुर्वसन्ध्यामा प्रर्दशन सुरु गरिएका दुबै चलचित्र द्वन्द्वप्रधान चलचित्रको रुपमा प्रचार गरिएको छ ।

महिला निर्देशक कृषा चौलागाईको निर्देशकमा बनेको चलचित्र ‘पिताम्बर’को केन्द्रिय चरित्र सुप्रसिद्ध अभिनेता प्रदिप खड्का छन् । उता चलचित्र ‘कर्मा’मा चरित्रमा उबेर अभिनय गर्न खप्पिस कलाकार विपिन कार्की पहिलो पल्ट एक्सनमा उत्रेका छन् ।
चलचित्र ‘अगस्त्यः च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफकमाएका सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ निर्माण गरिएको हो ।
दुवै चलचित्रले आक्रमक प्रचारशैली अपनाउदै चलचित्र भवनहरुमा प्रर्दशन सुरु गरेका हुन् ।

अभिनेता प्रदीप खड्काले चलचित्र ‘पिताम्बर’का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरिएको बताइएको छ । ।

चलचित्रमा चर्चित कलाकारहरुको भीडभाड नै देखिन्छ । चलचित्रमा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन् ।
‘कर्मा’ मा विपिन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ ।
दुबै चलचित्रले बक्सअफिसमा राम्रो सुरुआत गर्ने चलचित्र समिक्षकहरुले प्रक्षेपण गरेका छन् ।

 

 

 

 

 

 

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।