काठमाडौं
काठमाडौंको शंखमुलमा एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ शंखमूल डेरामा मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल मृत फेला परेका हुन् ।
उनी आफ्नै कोठमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव पोष्टमार्टमका लागि पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
प्रतिक्रिया