चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजरमा दुखान्त कथा समेटिएको सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने, केकी अघिकारी र खगेन्द्र लामिछानेलगायत कलाकारहरुले अभिनय गरेका छन् ।
टिजरमा रौकन निवासको कथा भनिएको छ ।
पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको गन्थनले चलचित्र आम नेपालीले भोग्नु परेको कथा रहेको प्रष्ट पारेको छ ।
यसअघि निर्माणपक्षले गत बिहीबार चलचित्रका मुख्य कलाकारलाई ठाँउ दिँदै तीनवटा पोस्टर सार्वजनिक गरेको थियो ।
‘के घर के डेरा : घर नं २’ जेठ २ मा प्रर्दशन हुँदैछ । चलचित्रमा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो चलचित्र हो ।
चलचित्र ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।
प्रतिक्रिया