काठमाडौं । अबदेखि ट्राफिक चेकिङको क्रममा ट्राफिक प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्न नपाउने भएको छ ।
उच्च अदालत पाटनले ड्राइभिङ लाइसेन्स, मापसे जाँच तथा अन्य ट्राफिक चेकिङको सन्दर्भमा ट्राफिक प्रहरीले चाबी खोस्ने कार्य गैरकानुनी भएको ठहर गर्दै यस्तो कार्य नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। अदालतको आदेश अनुसार ट्राफिक प्रहरीले अब कानूनी प्रक्रिया अनुसरण गर्दै नागरिकको अधिकारको सम्मान गर्नुपर्नेछ।
२९ चैत्र २०८१, शनिबार
184
Shares
प्रतिक्रिया