काठमाडौं महानगरका मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसको सधैं चर्चा हुने गर्दछ ।
उनको स्टाटस हजारौं शेयर र कमेन्ट हुन्छ भने लाखौं संख्यामा लाइक रियाक्ट भएको छ । कतिपयले स्टाटस साभार गर्दै ट्रोल समेत बनाए ।
मेयर बालेन शाहले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा ‘मेरो माया लाग्छ ?’ भनेर लेखे । उनको सो स्टाटसको जहाँत्यही चर्चा भयो । उनको सो स्टाटसलाई युवतीहरुले मायाँ लाग्ने प्रतिकृया दिए । धेरैले विवाह गर्ने समेत इच्छा देखाए ।
उनको सो स्टाटसलाई लिएर धेरैले गाली गरेको देख्न सकिन्छ । कतिपयले लागूऔधष खाएर लेखेको समेत भन्न भ्याएका छन् ।
सर्वाधिक चर्चा भएको सो स्टाटस अहिले मेयर बालेनको वालमा देखिदैन । उनले सो स्टाटस हटाएका छन् ।
उनले सो स्टाटस किन लेखें र पछि किन हटाए भन्ने स्पष्ट छैन ।
काठमाडौं महानगरका मेयर बालेलले गाली र आक्रोस सामाजिक सञ्जालमा पोख्ने हुँदा पनि उनका समर्थक र आलोचकहरुले चर्चा गर्ने गरेका हुन् ।
प्रतिक्रिया