ललितखबर
नेपाली चलचित्र क्षेत्रकी जुझारु अभिनेत्री हुन्, पुजा शर्मा । केही समयअघिसम्म उनले सुपरहिट चलचित्र समेत दिइन् । तर पछिल्लो समय उनी ओरालो यात्रामा छिन् ।
उनको ओरालो यात्रा विवादास्पद चलचित्रकर्मीसँग हिमचिमका कारण बढेको तथ्यले देखाउछ । सधैं चर्चामा आउन विभिन्न हर्कत गर्दै आएकी पुजाको गलत व्यक्तिसँग संगतले हानी मात्रै पुगेको देखिन्छ ।
चलचित्र ‘प्रसाद २’ को प्रर्दशन अधिकार अनाधिकृत रुपमा बिक्रि गरेको आरोपमा पक्राउ परेका निर्देशक सुर्दशन थापाको निर्देशनमा केही समयअघि चलचित्र ‘रावायण’मा अभिनेत्री पुजाले सहकार्य गरिन् ।
उनले सहकार्य गरेका यही चलचित्रका कार्यकारी निर्माता सुशान पाठकले वैदेशिक रोजगारीमा जानका लागि युवाहरुसँग पैसा असुल गरेर चलचित्रमा लगानी गरेको तथ्य खुल्यो । अहिले कार्यकारी निर्माता सुशान पाठक फरार भएपछि पुजा समेत विवादमा तानिइन् ।
विवादास्पद पात्रसँग उनको संगतको श्रृखला खोतल्दै जाँदा धेरै भेटिन्छन् । चलचित्र रावायणमै नावालिका बलत्कारको आरोपमा जेल बसेका अभिनेता पल शाहसँग उनले अभिनय गरिन् । नावालिका गायिकाले आफूले मायाँ गरेको व्यक्ती भएकाले माफी दिएको स्प्रष्टिकरण दिएकी थिइन् । यी गायिकाले अदातलको मुद्दा मिलाइदिएर जोगाइदिएको भन्दै विवाद छरपष्ट पारेपछि पलको विवाद उत्कर्षमा थियो ।
पुजाको कहिले चलचित्र विकास बोर्डका अध्यक्षको गाला मुसारेको भन्दै आलोचना हुन्छ त कहिले गायिका र नायिकासँगको लफडामा तानिएकी हुन्छन् ।
अहिले अभिनेत्री पुजा चलचित्र रावायणका निर्माता सुशान पाठक फरार भएपछि तनावमा छिन् । उनले प्राविधिकहरुलाई समेत आफैले पैसा दिनु परेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् । गल्ती सुशानले गरेको भए पनि गाली चाही पुजाले खाइरहेकी छिन् ।
गलत बाटो हिड्नेहरुसँगको संगतले सधै गलत ठाँउमा पुगिन्छ है पुजा जी । त्यसैले विवादमा रमाउने होइन दर्शक,नाम अभिन दाम कमाउनेतिर लाग्दा, राम्रो । हाम्रो सुझाव मात्रै हो । तपाईकै मर्जी !!!
३० चैत्र २०८१, आइतबार
104
Shares
प्रतिक्रिया