१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अञ्जिला’ पाँचौँ हप्तासम्म निरन्तर प्रर्दशनमा



 

काठमाडौं
नेपाली चलचित्र ‘अञ्जिला’ले पाँचौँ हप्तासम्म निरन्तर प्रर्दशन हुन सफल भएको छ ।

निर्माण पक्षका अनुसार चलचित्रको व्यापार पछिल्लो समयसम्म पनि निरन्तर जारी रहेको छ ।

चलचित्रको प्रर्दशन शनिवार समेत उत्साहजनक व्यापार कायम राख्न सफल भएको निर्माण पक्षको भनाई छ । चलचित्र काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छ ।

फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी चलचित्रहरू प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा कुनै कमी नभएको निर्माण पक्षको दाबी छ ।

गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’को बक्स अफिस रिपोर्टमा उत्कृष्ट पाँच चलचित्रको स्थान कब्जा गरेको देखिएको छ ।

यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
निर्देशक मिलन चाम्स रहेको चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक चाम्सले भने, “दर्शकले माया दिनु भएको छ, त्यसले निकै ऊर्जा मिलेको छ । एन्जिलाले भोगेको कथाले दर्शकलाई भावनात्मक सम्बन्ध जोड्न सघायो । अझै केही हप्ता प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छौँ,”

 

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।