५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अधिकांश बैंकको वैशाखका लागि ब्याजदर स्थिर



काठमाडौं । अधिकांश बैंकहरुले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले भोलि २०८२ वैशाख महिनाका लागि लागू हुने बैंक ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखका लागि २० वाणिज्य बैंकमध्ये ३ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ । बाँकी १६ बैंकले चैत महिनाकै ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्नेका छन् ।

कुन बैंककाे ब्याजदर कति?

बैंक माघ फागुन चैत बैशाख
नबिल ५.७५ ५.७५ ५.७५ ५.७५
नेपाल इन्भेष्टमेन्ट मेगा ६.५ ६.५ ६.५ ६.५
माछापुच्छ्रे ६.५ ६.५
हिमालयन ६.२५ ६.२५ ५.५० ५.५०
नेपाल एसबिआई ५.५ ५.५ ५.५ ५.५
एभरेष्ट ६.६१
एनआईसी एसिया ६.६ ६.६ ६.६ ६.६
स्ट्यान्डर्ड चार्टर्ड ६.२५ ६.२५ ६.२५ ६.२५
लक्ष्मी सनराइज ५.७५ ५.७५ ५.७५ ५.७५
कुमारी ६.०१ ६.०१ ६.०१ ५.९२
सिद्धार्थ
सानिमा ६.०५ ६.०५ ६.०५ ५.९५
एनएमबि ६.६ ६.६ ६.६ ६.६
प्रभु ६.१ ६.१ ६.१ ६.१
ग्लोबल आइएमई ५.७५
सिटिजन ५.६५ ५.६५ ५.६५ ५.६५
प्राइम कमर्सियल ६.२५ ६.२५ ६.२५ ६.२५
कृषि विकास ५.५१ ५.५१ ५.५१ ५.५१
नेपाल बैंक ५.६ ५.६ ५.५ ५.१५
राष्ट्रिय वाणिज्य बैंक

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।