काठमाडौं । काठमाडौं पेप्सीकोला टाउनप्लानिङ क्षेत्रमा बुधबार राति भएको लुटपाटमा संलग्न रहेको आरोपमा २० जना पक्राउ परेका छन् । बौद्ध निवासी रितेश लामाको कारमा रहेको दुई वटा झोलाबाट करिब ६० लाख रुपैयाँ लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जानकारी दिएको छ । उनी जग्गाको बैना बुझाउन नगद लिएर टाउनप्लानिङ पुगेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दा लुटपाटमा मोटरसाइकल र स्कुटर प्रयोग भएको देखिएको थियो । प्रहरीले लुटेरा समूहबाट ३० लाख रुपैयाँसमेत बरामद गरेको छ । बाँकी साँखुमा बाँडफाँट गरिएको पक्राउ परेका अभियुक्तहरूले प्रहरीसमक्ष बयान दिएका छन् । रकमको स्रोत, प्रयोग र नगद बोकेर हिँड्नुको कारणबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया