काठमाडौं । आज नेप्से ८.८४ अकंले घटेर २६६१.८६ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको १ करोढ ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ९ उपसूचक राताम्य हुँदा ४ उपसूचक मात्रै बढेका हुन् । ८८ कम्पनीको सेयरमूल्य बढेको छ भने १५७ कम्पनीको घटेकोछ ।
आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया