९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘पिताम्बर’ : उच्च प्रविधिले मिठास भरिएको चलचित्र



ललितखबर
केही बर्षअघिसम्म एक्सनलाई चलचित्रको मसलाको रुपमा प्रयोग गरिन्थ्यो । संसारभर एक्सनलाई चलचित्रको विषयवस्तुको रुपमा प्रयोग हुन थालेपछि नेपाली चलचित्रमा उत्कृष्ट एक्सनको प्रयोग हुन थालेको छ । उत्कृष्ट एक्सनले भरिपूर्ण चलचित्र शुक्रबारबाट प्रर्दशन सुरु भएको छ ।

कथासार
परासीमा धनञ्जय राजपुत(प्रमोद अग्रहरी)को गुण्डाराज छ । यही परासीमा दुर्गाको एउटा सानो पनि होटल छ । दुर्गाको त्यो सामान्य दैनिकीमा जव धनञ्जय राजपुतको बर्बर आतंक मच्चिछ । उनको परिवार उजाड बन्छ । अनि उनकै छोरा ‘‘पिताम्बर’ ’ ले न्यायका लागि गरेको संर्घष नै चलचित्र ‘पिताम्बर’ को कथासार हो । दुर्गाको जीवनमा राजनीतिक पट्टाक्षेप अनि श्रृजना भएका तुफान र अन्र्तकलहबारे बुझ्न चलचित्र पुरै हेर्नुपर्छ ।

सुन्दर पक्ष
चलचित्र ‘पिताम्बर’ मा राम्रो एक्सन मात्रै छैन । दर्दनाक कथा पनि लुकेको छ । जव एउटी नारी शक्तिलाई जव समाजले न्याय दिन सक्दैन अनि ‘पिताम्बर’ जस्ता योद्धाको जन्म हुन्छ भन्ने चलचित्रले सन्देस दिएको छ । चलचित्रको पटकथा अनि संवादले दर्शकलाई कुर्सीबाट बेला बेलामा जुरुक्क उठाउने खालको छ । चलचित्रका कथाभित्र सशक्त पात्र उभ्याइएको छ । कथा सुवाउदो कास्टिङ छ ।
क्यामेराको कमाल हेर्दा नेपाली चलचित्रको स्तर उठेको अनुभव हुन्छ । उत्कृष्ट चलचित्र निमार्ण गर्न निर्माता विशाल चौलागाईले सम्झौता गरेका छैनन् । बग्रेल्ती ड्रोन दृश्य खिचिएको छ । मध्य शहरमा बम र बारुद पड्केको दृश्यले चलचित्रको कथा चम्काएको छ ।
चलचित्रभित्र महाभारतका पात्र झैं सबै कलाकारले ओज बढाएका छन् । लामो सिक्वेल बनाउन मिल्ने ‘लर्जर देन लाइफ’ फरम्याटलाई कथाकार तथा निर्देशक चौलागाईले अघि बढाएकी छिन् । सिनेमेट्रोग्राफीले चलचित्रलाई मास्टरपिस बनाउन सघाएको छ । अध्यारो पृष्ठभूमिमा उत्याला र रंगीन प्रकाशले दृश्यहरुमा चमक दिएको छ । सम्पादनमार्फत मोसन चलाउदा धेरै ठाँउमा प्रविधिको उच्चतम प्रयोग देखिन्छ ।


कमजोरी
चलचित्रमा छिटफुट कमजोरी नभएका भने होइनन् । चलचित्र सुरुमै भयानक द्वन्द्व र क्रुरताले दर्शकको आँङ नै जिरिङ् बनाउछ । अन्य चलचित्रमा सामान्य विषयबस्तु हुँदै चलचित्रको घटनाक्रम भयानक अवस्थामा पुग्छ । तर चलचित्र ‘पिताम्बर’ को कथ्यशैली र प्रस्तुती यसरी नगरिएको भए हुन्थ्यो झैं लाग्छ ।
चलचित्रमा धेरै पात्र भएर हुनसक्छ सबैको चरित्र स्थापित हुने मौका पाएकै छैनन् । कलाकारहरुको क्षमता देखाउने र प्रमाणित गर्ने अवसर छैन । ठाँउ ठाँउमा क्रुर हिंसा झल्कने दृश्य छन् । मुटु कमजोर हुने दर्शकलाई हेर्न कठीन पर्नसक्छ । कतिपय ठाँउमा चलचित्रका दृश्यहरुको ज्यादा सम्पादन भएको आभास हुन्छ । कथा सलल नबगेको र मारकाटका दृश्य नै दृश्यका कारण बोर लाग्ने ठाँउ पनि भेटिन्छन् ।
चलचित्रभर दक्षिण भारतीय चलचित्रको स्वाद पाइन्छ । चलचित्रमा धेरै एक्सनका दृश्य भएकै कारण निर्देशक चौलागाईले कथा भन्ने अवसर थोरै पाएकी छिन्, शायद । चलचित्रभित्र लामो कथा बस्तु छोट्याउन कठीन भएको हो कि जस्तो लाग्छ । लाग्छ, चलचित्रमा मौलिक स्वाद समेत राख्न पाएको भए झन् राम्रो हुन्थ्यो ।

प्रदिप खड्का ‘‘पिताम्बर’ सिंह ठकुरी’


चलचित्रको ‘पिताम्बर’ पात्रको चमत्कारिक युवकको भूमिका प्रदिपले निभाएका छन् । प्रदिपले चलचित्रमा ‘प्रकाश‘ र ‘पुजार सार्की’को जस्तो फरक चरित्र निभाएका छैनन् । उनी वास्तविक जीवनमा झैं चुलबुले छन् । तर उनको भयानक रुप चलचित्र अघि बढ्दै जाँदा देखिन थाल्छ । प्रदिपको एक्सन दर्शकहरु महाभारतको पात्र बार्बरिक जस्तै हेरिरहन्छन् । तर रमाइलो मानेर ।

दिव्या रायमझी ‘मिरा बास्तोला’


तराईमा पाहाडी मुलकी युवती मिरा बास्तोलाको पात्रमा दिव्याले आफूलाई सहज ढंगले ढालेकी छिन् । दिव्या एउटा फरक पात्रमा आफूलाई ढाल्न सक्ने कलाकार हो भन्ने बुझाउने जसरी अभिनय गरेकी छिन् । चलचित्र ‘एक्टर टेक वान’भन्दा उनले भिन्न र चुनौतीपुर्ण भूमिका सहजै निभाएकी छिन् ।

दयाहाङ राई ‘इन्पेक्टर राई’


चलचित्रमा अभिनेता दयाहाङ खलपात्रमा अभिनय गरेका छन् । दयाहाङले चलचित्रमा फरक अभिनय शिल्प देखाएका छैनन् ।
प्रमोद अग्रहरी‘धनञ्जय राजपुत’
चलचित्रको मुल पात्र ‘धनञ्जय राजपुत’लाई कलाकार प्रमोद अग्रहरीले डरलाग्दो रुपमा स्थापित गरेका छन् । उनको भेषभुसाले र बोल्नेशैलीले सम्भ्रान्त परिवारको एउटा प्रतिनिधि पात्रलाई सहजै देखाउन सफल छन् ।

सौगात मल्ल ‘एसपि’


सौगाल मल्ल प्रहरी अफिसरको रुपचा चलचित्रमा देखिन्छन् । उनले चलचित्रमा राम्रो एक्सन क्षमता देखाएका छन् ।

सुपुष्पा भट्ट


चलचित्रमा निर्देशक कृषाले अभिनेत्री सुपुष्पालाई राम्रो भूमिकामा उतारेकी छिन् । सुपुष्पाले पनि आफ्नो क्षमता भरपुर उपयोग गरेकी छिन् । सशक्त पात्रमा सुपुष्पाको अभिनय क्षमता खुलेको छ ।

चलचित्रमा सशक्त पात्रहरुमा चलचित्र क्षेत्रका क्षमतावान् कलाकारहरु उतारिएको छ । अभिनेत्री सुरक्षा पन्तले सशक्त अभिनय गरेर ‘दुर्गा’पात्रमा आफूलाई न्यान दिएकी छिन् । उनको मधेसी लवज प्राकृतिक र मिठो सुनिनन्छ । दिव्यदेव ‘भवानी’को बोल्ड आवाजमा मधेसी आवाज नयाँ र मिठो लाग्छ । कलाकार अनुपविक्रम शाहीले ‘बछुवा’ले एउटा अत्याचारी खलपात्रलाई प्रतिनिधित्व गर्न सफल भएका छन् । गौरी मल्ल सशक्त नेतृको चरित्रमा राम्रो अभिनय गरेकी छिन् । अर्यन सिग्देल चलचित्रको अन्तमा एउटा अचम्मलाग्दो पात्रको रुपमा चलचित्रमा देखिएका छन् । उनको आगमन दर्शकका लागि हुटिङ गर्न लायक छ ।


प्रविधि
‘पिताम्बर’ मा असाध्यै राम्रो प्रविधिको प्रयोग गरिएको छ ।
पुरुषोत्तम प्रधानको क्यामेराले चलचित्रमा कमाल देखाएको छ । ठाँउ ठाँउमा मोसनसँगै क्यामेराको पिक्चर क्वालिटी र डेफ्थ थप राम्रो लाग्छ । तर ठाँउ ठाँउमा भिडियोमा गिन्स फाटेको छ । रेनिस फागोले दृश्यहरुमा मिठो रंग छनौट गरर भरेका छन् । सत्यम रानाको भिएफएक्समार्फत दृश्यहरुमा जादु देखाएका छन् । बोनी अनि प्रितिले पात्रहरुको खानदान भव्य देखाउन सुवाउदो पोशाक छनौट गरेका छन् ।
चलचित्रमा प्रयोग गएको म त फ्यान भए यार मिठो छ । तर गीतको बोल छोटो भएको कारण बुझ्न कठीन छ । प्रदिप र दिव्याले आफ्नो उत्कृष्ट नृत्य क्षमता देखाएका छन् । कोरियोग्राफीमा कविराज गहतराजको भूमिका देखिन्छ ।
एक्सन चलचित्र भएकाले हुनसक्छ निर्देशक कृषाले ठूलो स्वरमा विजिएम घन्काएकी छिन् । भारतीय कलाकार कालाचरणको पार्शसंगत सबै ठाँउमा अनावश्यक राखिएको हो कि जस्तो लाग्छ । विजिएम ठाँउ ठाँउमा झर्कोलाग्दो नै छ ।

अन्तमा,
सुखद मान्नुपर्छ नेपाली राम्रो प्रविधि र क्षमतावान् कलाकारहरुले भरिएको चलचित्र निर्माण हुन थालेको छ । अर्को सुखद पक्ष कृषा चौलागाई जस्तो फरक चलचित्र निर्देशन गर्ने निर्देशक चलचित्र क्षेत्रले पाएको छ ।
निर्देशक कृषाको एक्सनप्रधान चलचित्रले नेपालमा राम्रा चलचित्र निर्माण गर्नसक्ने निर्देशक रहेको भान हुन्छ । उच्च प्रविधिको प्रयोग, सम्झौताहिन मेकिङ प्रोसेस र चलचित्र क्षेत्रमा जमेका कलाकारहरुलाई एउटै पर्दामा हेर्न पाइन्छ । ‘पिताम्बर’ एउटा मास्टरपिस चलचित्र बनेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ५ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।