१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हुन्डीको अवैध कारोबार गर्ने महिला पक्राउ



काठमाडौं । हुन्डीको अवैध कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१०, वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन् ।

आइतबार काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रमा हुन्डीको अवैध कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली नगद नौ लाख रुपैयाँ, ६ लाख रुपैयाँको चेक बरामद गरिएको छ । घटनाका सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।