२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बालबालिकामा डिजिटल कुलतको गम्भीर प्रभाव देखाउने चलचित्र ‘झिल्को’



चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ

काठमाडौं
पछिल्लो समय वालवालिका मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण हेर्ने कुलतमा फस्न थालेका छन् ।

यस्तो कुलतबाट उनीहरुमा परेको प्रभाव देखाउने चलचित्र ‘झिल्को’ निर्माण भएको छ ।

यही वैशाख १९ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘झिल्को’को भर्खरै सार्वजनिक पोस्टरमा स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ ।

पोस्टरमा पछाडि एक वृद्ध पुरुषको भावुक अनुहार देख्न सकिन्छ । यसले चलचित्रको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकराबलाई सङ्केत गर्छ ।

प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश बोकेको यो चलचित्रले एक बालिकाको डिजिटल लतको यात्रा भन्ने निर्देशक यादवकुमार भट्टराईले बताएका छन् ।
यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक चलचित्र ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले अभिभावक, शिक्षक, नीति निर्माता र सम्पूर्ण समाज मिलेर बालबालिकालाई डिजिटल कुलतबाट जोगाउनु आजको आवश्यकता रहेका कारण चलचित्रको माध्यमबाट आफूले कथा भन्न खोजेको बताए ।

मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रमा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।

‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् भने जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।