१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री अरुणिमा लम्सालको दोश्रो विवाह पनि असफल, सम्बन्ध विच्छेदको मुद्दा दायर



ललितखबर
अभिनेत्री अरुणिमा लम्सालको दोश्रो विवाह पनि असफलतातर्फ उन्मुख भएको छ ।
भर्खरै नेपाल भएकी अभिनेत्री लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको जानकारी दिएकी छिन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै लम्सालले वारेसमार्फत मुद्दा दायर गरेको बताइकी छिन् ।
उनले विवाहपछि श्रीमानका बारेमा धेरै मान्छेहरुबाट नकारात्मक कुरा सुनेको र सो तथ्यहरु खुलेपछि आफूले सम्बन्ध विच्छेदको निर्णय लिएको बताइन् ।
सुनसरीका कांग्रेस नेता समेत रहेका युवराजले विवाह अगाडि धेरै कुराहरू आफूलाई ढाँटेको अरुणिमाले आरोप लगाएकी छिन् । उनले भनिन्, ‘उहाँले अझैं पनि पुराना कुरा अस्वीकार गर्दैं ढाटिरहनु भएको छ । झुटो कुरा गर्ने व्यक्तिसँग म जीवन विताउन सक्दिन ।’
उनले श्रीमान्ले सम्बन्ध विच्छेद गर्न अस्वीकार गरेको बताउदै एक वर्षमा श्रीमान् श्रेष्ठले हस्ताक्षर नगरे स्वतः सम्बन्ध विच्छेद हुने प्रावधान रहेको बताइन् ।
उनले आफूले हतारमा निर्णय गरेको र हतारमै पछुताएको समेत प्रतिकृया दिएकी छिन् ।

अभिनेत्री लम्सालले केही समयअघि अमित अर्यालसँग पहिलो विवाह गरेकी थिइन् । उनीहरूबाट एक छोरी समेत जन्मेकी छिन् । पहिलो सम्बन्ध बिच्छेद सहमतीमै भएको उनको भनाई छ ।
पछिल्लो समय दुबैले छोरीलाई हेर्दै आएका छन् । सम्बन्ध विच्छेद पछि पनि अमितसँग राम्रो सम्बनध रहेको उनले बताइन् ।

 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।