२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’का निर्देशकले बनाउछन् ‘मिरमिरे’



 

चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् ।

शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र प्रर्दशनको घोषणा समेत गरेका हुन् ।

“हाम्रो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले भने, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ ।”

चलचित्रको निर्देशन याम शेर्पाले गर्नेछन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेख्नेछन्

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

 

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।