१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पिताम्बर’ : ४ दिनको कमाइ कति ?



काठमाडौं

प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्मले प्रदर्शनको चौंथो दिनमै खड्काको अघिल्लो फिल्म ‘एक्टर : टेक वन’ र अघिल्लो साता रिलिज भएको प्रकाश सपुतको ‘वसन्त’लाई उछिनेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा बैशाख १ गते रातीसम्म ‘पिताम्बर’को कूल कमाई १ करोड ८६ लाख रुपैयाँ ग्रस छ । यो फिल्म चैत २९ मा रिलिज भएको थियो । आउने सप्ताहन्तमा सहजै २ करोड पार गर्ने प्रक्षेपण छ ।

कृषा चौलागाईं निर्देशित फिल्मले नयाँवर्षको दिन सोमबार देशब्यापी राम्रो कमाइ गर्‍यो । प्रदर्शनको सुरुवाती २ दिनमा फिल्मको कमाइ झण्डै करोड हाराहारीमा थियो । नयाँवर्षको विदाले कमाइमा वृद्धि भएको देखिन्छ ।

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।