१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलचित्र भूठानको ट्रेलर सार्वजनिक कार्यक्रममा लफडा, युट्युवरहरुद्वारा प्रश्न गर्न अस्वीकार



उहाँको भनाई सबै युट्युवरप्रति लक्षित होइन होला । तपाईहरुले चित्त नदुखाउनु होला

ललितखबर
ललितपुरका चलचित्र भूठानको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माताले युट्युवरहरुलाई अपमान गरेको भन्दै लफडा भएको छ ।

 

कार्यक्रममा सहभागी युट्युवरहरुले निर्माता अविरल थापाले सामाजिक सञ्जालमा अपमानजनक रुपमा सबै युट्युवरहरुलाई लक्षित गरेर लेखेको भन्दै कार्यक्रममा चलचित्र सम्बन्धि कुराकानी गर्न अस्वीकार गरेका हुन् ।
निर्माता अविरल थापाले चलचित्र प्रमोसनका लागि युट्युवरहरु सम्पर्कमा नआएको र केही युट्युवरहरुमा समस्या रहेको बताए पछि सहभागीहरुले प्रश्नको बर्षा गरेका थिए ।
युट्युवर मदन रिजालले युट्युवरहरु कन्टेन क्रियटर रहेको भन्दै आफ्नो भनाई फिर्ता लिन आग्रह गरेका थिए । निर्माता थापाले केही युट्युवरहरुमा समस्या रहेको दोहो¥याइरहेपछि लामो समयसम्म चत्रचित्रको विषयबस्तुमा छलफल नै हुन सकेन ।


कार्यक्रममा कलाकार हरिवंश आचार्यले युट्युवरहरुको अपमान भएको महसुस गरेको भए आफूले नै निर्माता थापाको तर्फबाट  हातै जोडेर माफी मागेका थिए । कलाकार आचार्यले भने, ‘उहाँको भनाई सबै युट्युवरप्रति लक्षित होइन होला । तपाईहरुले चित्त नदुखाउनु होला ।’

 

हामी यहाँबाट बाहिरिएपछि यो सवाल अन्त गरिदिनु होला

चलचित्रका निर्देशक विनोद पौडेलले पछिल्लो समय युट्युवहरु नै मुलधारको सञ्चारमाध्यमको रुपमा अघिएको कारण आफूहरुले अस्वीकार गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माता थापाले माफी माग्नु पर्ने तर्क गरे ।
कार्यक्रममा आफूहरु अपमान सहदै चलचित्रको प्रोमोसन कार्यक्रममा उपस्थित हुनु उपयुक्त नभएको तर प्रश्नको जवाफ माग्न मात्रै आएको भन्दै कार्यक्रम नै भाडिने अवस्था र दबावपछि थापाले आफूले सबैको चित्त दुखाएको अवस्था देखेकाले माफी माग्दै सो भनाई सामाजिक सञ्जालबाट हटाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी यहाँबाट बाहिरिएपछि यो सवाल अन्त गरिदिनु होला ।’
सो अवसरमा चलचित्रको टे«लर र  गीत कागजको खोस्टो  सार्वजनिक गरिएको थियो । यही वैशाख ९ गतेबाट चलचित्र भूठान देशभरका चलचित्र भवनहरुमा प्रर्दशन हुने भएको छ ।

 

 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।