चलचित्र ‘वसन्त’ अभिनयसँगै डेव्यु निर्देशक गरेका गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत कुण्ठा पोखेका छन् ।
पछिल्लो समय उनको चलचित्रले राम्रो व्यापार गर्न नसकेपछिसामाजिक सञ्जालमार्फत फेरि त्यही खाँडलमा जाकिएको महशुश भएको बताएका हुन् । उनले निर्देशकको रुपमा वसन्तको कमिकमजोरीहरु सच्याउँदै एउटा अर्को चलचित्र बनाएर गुण र ऋण तिर्ने वाचा गरेका छन् ।
सामाजिक संजालमा उनले लेखेका छन्–‘२०८१ त मलाई पटक पटक जीवनमा जहाँबाट उठेको हो फेरि त्यही खाँडलमा जाकिएको महशुश भयो । तर पनि म उभिएको छु, किनकी, जीवन बाँकी छ, यात्रा बाँकी छ, जिम्मेवारी बाँकी छ, त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुहोस् है । अझै राम्रो काम गर्न बाँकी छ । अझै गल्ती गर्न बाँकी नै छ । वर्ष मात्र सकिएको हो, म सकिएको छैन । थोरै भएपनि म बाँकी नै छु है ।’
आफूले जातीय विभेदविरुद्धको बर्षको रुपमा विभिन्न श्रृजना गरेको र अवका दिनमा विविध विषयमा श्रृजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्,‘तपाइलाई मेरो गतिविधिहरू देखेर झनक्क रिस उठ्दा गाली गलौज गरेपनि तपाइको मनमा मेरो सिर्जना र म प्रतिको धारणा नकारात्मक छैन भन्नेमा विश्वस्त छु । किनकी, मेरो नियत नराम्रो छैन र तपाइको मन नराम्रो छैन ।’
चलचित्र विकास बोर्डको आँकडा अनुसार लगभग १ करोड ७७ हजार व्यापार गरेको छ ।
प्रतिक्रिया