२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विधेयकलाई संसदमा पेश गर्न स्वीकृति



काठमाडौं । मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार दिउँसो सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा निर्णयबारे जानकारी गराएका हुन् ।

२०२६ सालको चलचित्र ऐनलाई प्रतिस्थापन गर्ने गरि ल्याउन लागिएको यो विधेयकको मस्यौदा १ महिनाअघि चलचित्र विकास बोर्डले मन्त्रालयमा पठाएको थियो ।

बोर्ड सदस्य सचिव राजेशकुमार थापाले प्रस्तावित विधेयकमा केही मूलभूत नयाँ प्रस्ताव पेश गरिएको बताए । उनका अनुसार प्रस्तावित विधेयकमा बोर्डको गठन प्रक्रिया पहिलेभन्दा भिन्न हुने प्रस्ताव गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।