१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मैना’ निर्माणको घोषणा



काठमाडौं
चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर चलचित्रको संकेत गरेको छ ।

यस चलचित्रलाई चन्द्रकुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो ।

भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् ।

चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ । सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।

थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ । चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ ।

चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन । निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए ।

सिनेमाको नाम अनुसार, चलचित्रको मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ । यद्यपि, यसबारे निर्माणपक्षले मुख खोलेको छैन ।

चलचित्र कहिले प्रर्दशन हुने यसबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।