१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’ देशभरका १३ वटा हलहरूमा ५१ औँ दिनसम्म निरन्तर प्रदर्शन



काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको

 

काठमाडौं
चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रर्दशन भएको चलचित्र आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो ।

काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिएका छन् ।

उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपलब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको उनको भनाई छ । यो चलचित्रले देशभरका १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको हो ।

 

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको

 

“हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,” निर्माता श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।”

पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।

यस्तै, चलचित्रमा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले
कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ’लाज शरणम’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन् ।

चर्चित हास्य सिरियल ’सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर चलचित्र हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।