काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका-६ सुनाचुरीमा बिहीबार बिहान बस दुर्घटना हुँदा घाइते भएका १६ यात्रुको पहिचान खुलेको छ। आज बिहान ५ बजेतिर इटहरीबाट भैरहवा जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट १० मिटर तल खस्दा १६ जना यात्रु घाइते भएका हुन्।
नामावली:
-नवलपरासीको कावासोती नगरपालिका-४ की १६ वर्षीया इशा महतो (निधारमा चोट)
-सिराहाको धनगढीमाई नगरपालिका-६ निवासी ६८ वर्षीय राम चन्द्र महतो (हात र खुट्टामा चोट)
-विराटनगर महानगरपालिका-६, मोरङकी २४ वर्षीया पूजा राई (हात र टाउकोमा चोट)
-भारत घर भई हाल भैरहवा बस्ने २२ वर्षीय महोमत गुल्सेर (टाउकोमा चोट)
-भारत घर भई हाल भरतपुर महानगरपालिका-१ पुल्चोक बसोबास गर्ने २५ वर्षीय सौरभ मण्डलको (हात र खुट्टामा चोट)
-हाल वतन नखुलेकी करिब ४५/४६ वर्षीया मीना चौधरी (टाउकोमा चोट)
उनीहरू चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत छन्।
अन्य घाइते:
-सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ का २७ वर्षीय शम्भु कुमार चौधरी (ढाडमा चोट)
-सुनसरी धरान नगरपालिका-१७ का ३९ वर्षीय खडक विक (ढाडमा चोट)
-उदयपुरको बेला नगरपालिका–१ की ३० वर्षीया पूजा बस्नेत (ढाडमा चोट)
-सुनसरी बराह क्षेत्र नगरपालिका-२ का १५ वर्षीय सुदीप काफ्ले (दाहिने काँध र टाउकोमा चोट)
-ठेगाना नखुलेका ३० वर्षीय सुजन काफ्ले (टाउको र बायाँ खुट्टामा चोट)
-सोही स्थानका २ वर्षीय हमान थारु (निधारमा चोट)
-कावासोती नगरपालिका-४ की १४ वर्षीया उर्मिला महतो
-पश्चिमसुस्ता नगरपालिका निवासी २७ वर्षीया मनीषा पुलामी मगर
-सप्तरी खड्का नगरपालिका-१ का ३३ वर्षीय सरोज चौधरी
-सुनसरी बराहक्षेत्र नगरपालिका-३ का ३४ वर्षीय विसन धामी
घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिक्रिया