१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकुमारी क्षेत्रको कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको हो ।

आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र हटाइएको महानगरले जनाएको छ । पटक-पटक हटाउनका लागि सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगरले बताएको छ ।

कवाड संकलन केन्द्रहरु हटाउन महानगरले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको थियो । त्यसक्रममा कवाड संकलन केन्द्रका मजदुरहरुले प्रतिकार गर्दै ढुंगा प्रहार गर्दा डोजरको सिसासमेत फुटेको छ । ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।