ललितखबर
लामो समयपछि वेव सिरिजमार्फत कला क्षेत्रमा पुनःप्रवेश गरेकी अरुणिमा लम्साल ट्रेलर सार्वजनिक कार्यक्रमलाई नै अलपत्र छोडेर अमेरिका उडेकी छिन् ।
बुधबार राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा कलाकार विमलेस अधिकारी एक्लै देखिए ।
वेब सिरिज सार्वजनिक कार्यक्रमकै लागि आएकी अभिनेत्री अरुणिमा घरायसी समस्या परेर अर्पझट अमेरिका मंगलबार नै फर्केको निर्देशक अधिकारीले जानकारी दिए । भने, ‘मैले पनि अन्तिम समयमा मात्रै जान लागेको खबर पाए । पारिवारिक समस्या भएर होला ।’
उनले केही दिनअघि श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको जानकारी दिएकी छिन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै लम्सालले वारेसमार्फत मुद्दा दायर गरेको बताइकी थिइन् ।
उनले विवाहपछि श्रीमानका बारेमा धेरै मान्छेहरुबाट नकारात्मक कुरा सुनेको र सो तथ्यहरु खुलेपछि आफूले सम्बन्ध विच्छेदको निर्णय लिएको उनको भनाई थियो ।
सुनसरीका कांग्रेस नेता समेत रहेका युवराजले विवाह अगाडि धेरै कुराहरू आफूलाई ढाँटेको अरुणिमाले आरोप लगाएकी थिइन् ।
आफू नेपाल आएको बेला धेरै व्यस्त भएकाले चाँडो वेब सेरिज सार्वजनिक गर्न नसकेको उनको भनाई छ ।
अमेरिकामा बसोबास गरिरहेका नेपाली कलाकारहरुले निर्माण गरेको वेभ सिरिजका अधिकारीबाहेक कोही पनि कलाकार तथा प्राविधिक कार्यक्रमा सहभागी थिएनन् ।
सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङमा आउने बताइएको छ ।
वेब सिरिजमा निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारी,अभिनेत्री अरुणिमा लम्साल, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतको अभिनय रहेको छ ।
रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा जोडिएका छन् । कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईंले गरेका हुन् । सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ, साउन्ड डिजाइन अमित श्रेष्ठ, ब्याक ग्राउन्ड स्कोर विषम आचार्य, मेकअप आर्टिस्ट अप्सरा कटुवाल र सपना डङ्गोल, पोस्टर डिजाइन शान थापा र पोस्ट प्रोडक्सन नेपलिज हेन्डस्ले गरेका छन् । सहायक सम्पादनमा सुदिप पाण्डे र मिलन शाह, सहायक छायाङ्कनमा विशाल मान श्रेष्ठ र पशुपति बस्याल रहेका छन् ।
प्रतिक्रिया