१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखा २५ करोड प्रकरणमा ट्रक चालक कुसाङ लामा कारागार चलान



काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटनमा लुकाएर राखिएको मुद्रासहित लामालाई पक्राउ गरिएको थियो । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ घर भएका ४३ वर्षीय लामा यसअघि पनि सुन काण्डमा जेल बसेर छुटेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।