१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिभुवन विमानस्थलबाट गाँजासहित श्रीलङ्काली नागरिक पक्राउ



काठमाडौं । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

श्रीलङ्कन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।

विमानस्थलमा जाँचका क्रममा उनको सुटकेसबाट उक्त पदार्थ फेला परेको हो । उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई अवैध दुई किलो एक सय ग्राम गाँजा र रु २७ हजार चार सय ३० सहित पक्राउ गरेको छ । प्रहरीले उनको घर खनतलासी गर्दा उक्त गाँजा फेला परेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।