१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिका-१ बालमैत्री वडा घोषणा



ललितपुर । ललितपुर गोदावरी नगरपालिका–१ लाई बालमैत्री वडा घोषणा गरिएको छ । ‘सम्मानित बालापन–सुनिश्चित बाल अधिकारः बालमैत्री तथा समुन्नत गोदावरीका आधार’ भन्ने मूल नाराका साथ आज उक्त वडालाई बालमैत्री घोषणा गरिएको हो ।

‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ ले तय गरेको ५१ वटा सूचक पूरा गरी बालमैत्री वडा घोषणा गरिएको गोदावरी नगरपालिका–१ का वडा सचिव शालिग्राम गुरागाईंले जानकारी दिए । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद उदय शमशेर राणा थिए । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यसैवर्ष भित्र सबै वडालाई बालमैत्री बनाउने लक्ष्य लिएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।