‘इण्डियन आइडल’मा प्रतिस्पर्धापछि चर्चामा रहेकी नेपाली गायिका मेनुका पौडेल भारतीय चलचित्र गीत संगीत क्षेत्रमा संर्घष सुरु गरेकी छिन् ।
उनी पछिल्लो समय भारतमै बसेर गीतको रियाज गरिरहेकी छिन् । भने भारतीय गीत संगीत क्षेत्रका दिग्गज व्यक्तिहरुसँट भेटघाट गरिरहेकी छिन् ।
‘इण्डियन आइडल’मा प्रतिस्पर्धाकै क्रममा उनले ‘सालार’ चलचित्रका संगीतकार रवि बसरुरको संगीतमा गीत गाउने मौका पाएकी थिइन् ।
इस गीतलाई आफ्नो करियरको ‘टर्निङ मान्ने गायिका पौडेलको चर्चा सांगेतिक क्षेत्रमा तरंग नै ल्याएको थियो ।
मेनुकाले इण्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुशि र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए । साथै, उक्त एपिसोडमा इण्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ ।
‘इण्डियन आइडल’को प्रतिश्पर्धाकै क्रममा उनलाईकेही संगीतकर्मीहरुले चलचित्रमा गीत गाउनका लागि प्रस्ताव समेत राखेका थिए । मेनुकाले इण्डियन आइडलमा उत्कृष्ट प्रस्तुति दिएकी थिइन् ।
गयिका मेनुका ‘इण्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् ।
मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक
पछिल्लो समय गायिका पौडेल नेपाली साँगेतिक क्षेत्रमा अघि बढिरहेकी छिन् ।
पौडेलको स्वरमा विमलेस अधिकारीले निर्देशन म्युजिक भिडियो म्युजिक भिडियो ‘बदमास’मा स्वर दिएकी छिन् ।
नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ ।
सो भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।
प्रतिक्रिया