१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विवाह बन्धनमा बाँधिइन् नायिका नीति



काठमाडौं । नायिका नीति शाहले विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर शाहले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् । नीति र यचित प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चल्दै आएको थियो ।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा अभिनयमा डेब्यु गरेकी हुन् ।

यो फिल्मले व्यावसायिक असफल भएको थियो भने गत दसैँमा उनी अभिनित दोस्रो फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आएको थियो । उनी अभिनित पछिल्लो फिल्म ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।