१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गहनामा क्याडमियम रसायन मिसाएर कारोबार गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ



काठमाडौं । क्याडमियम रसायन कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र साङ्ली खानापुर स्थायी घर भइ काठमाडौं महानगरपालिका–६ बौद्ध फुलबारी बस्ने ३२ सागर भिकु झुरे र भारतकै सोही ठाउँ घर भएका २१ वर्षीय धिरज सालुङ्के छन् ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३ वैशाखमा पक्राउ गरेको हो । झुरेले सञ्चालक गरेको खण्डुगा रिफाइनरीबाट उक्त रसायन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त रसायन गरगहनामा मिसावट गरेर अवैध कारोबार गरेको आरोप छ । पक्राउ परेकाहरुविरुद्ध घातक रसाइनिक पदार्थ (नियमन) ऐन २०७९ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।