१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘के घर के डेरा : घर नं २’ विल्कुल नयाँ सिनेमा



 

‘के घर के डेरा : घर नं २’ सिक्वेल चलचित्र नभएको रहस्य खुलेको छ ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’को विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । ‘पशुपतिप्रसाद १’को झल्को टिजरले दिएको भनेर चलचित्रको चर्चा भइरहेको छ ।

‘के घर के डेरा : घर नं २’ दुई वर्ष अगाडि प्रर्दशन भएको ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ? यसमा धेरैको जिज्ञासा छ । किन भने टिजरले ‘के घर के डेरा : घर नं २’ सिक्वेल भएको संकेत गर्दैन । तर, नामले भने सिक्वेल भएको जनाउँछ ।

निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताउँछन् । “यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा चलचित्रमा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,” उनी भन्छन्, “यो बिलकुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।”

‘के घर के डेरा : घर नं २’ जेठ २ गते प्रर्दशन हुँदैछ । केही दिन अगाडि टिजर सार्वजनिक गरेको निर्माणपक्षले घर नं २ लाई जेठ २ गते प्रर्दशन गर्दैछ ।

‘के घर के डेरा’ कमेडी बेसमा बनेको चलचित्र भएको भन्दै निर्देशक दीपेन्द्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा भएको प्रष्ट पार्छन् । आफ्नो पहिचान झल्कने सिनेमा ‘के घर के डेरा : घर नं २’ भएको उनी बताउँछन् ।

“यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ,” उनी भन्छन्, “यो सिनेमा मार्फत म आफ्नो जनरा सिनेमामा फर्किएको छु ।”

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो चलचित्र हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।