१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘भूठान’ : कलामार्फत फरक शैलीको प्रचार अभियान



ललितखबर
पछिल्लो समय नेपाली चलचित्रको प्रचार अभियान चलचित्र भवनबाट सुरु हुने गरेको छ । चलचित्र भवनको सानदार हलमा भव्य कार्यक्रम गरिन्छ । आगन्तुकलाई कफी अनि पफकर्न खुवाइन्छ । कतिपय कलाकारहरु भीड खोज्दै क्याम्पस स्कूलतिर पुग्छन् ।

तर चलचित्र ‘भूठान’ टिम भने फरक शैलीमा प्रचार गरिरहेको छ ।
चलचित्र निर्माण पक्षले केही दिनदेखि चिया पसल चार्हदै सर्वसाधारणसँग
कला देखाउदै प्रचारमा जुटेको छ । शुक्रबार साँझ राजधानकिो नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कलाकार हरिवंश आचार्य र निर्देशक विनोद पौडेललगायत चलचित्रका टिम नै पर्खालमा बसेर प्रचार अभियानमा जुटे ।

चराको चिरविर आवाजसँगै गोधुली साँझमा नवकलाकारहरुले साँगेतिक प्रस्तुती दिए । चर्चित कवि नवराज पराजुलीसहित कविहरुले कविता सुनाए ।


चलचित्र ‘भूठान’ निर्माण पक्षले काठमाडौंका चल्तीका चियापसल र रेष्टुँराहरूमा गएका चार हप्ता ‘फ्राइडे नाइट विथ ह्याप्पियस्टट म्यान क्याम्पेन’ गरेको थियो ।

चिया पसलमा आएका आगन्तुकहरुले आफ्नो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्दै कलाकारहरुसँग रमाइलो गरेका थिए ।

चिया पसलमा सेलिबे्रटीहरुसँग रमाउदै आगन्तुकहरुले आफ्नो प्रतिभा देखाएका थिए । ‘ह्यापियस्ट गेस्ट’को रूपमा निमन्त्रणा गरिएका कलाकारहरुले पनि आफ्ना समर्थकहरु भेट्न पाएका थिए । कार्यक्रममा सहभागीमध्ये तीनजनाले लक्की ड्रमार्फत सोही कार्यक्रममै भूठानको टिकट दिइएको थियो ।

चलचित्रका निर्माता अविरल थापा फरक तरिकाबाट दर्शकसँग प्रत्यक्ष साक्षात्कर गरिएको ललितखबरसँग बताए । भने, ‘हामीले एक अर्काको कला देखाउदै साक्षात्कार गरेका हौं । चलचित्रको प्रचार गर्दा एक अर्काको कला प्रबद्र्धन गर्नु हाम्रो कतव्र्य सम्झेर यो अभियान सुरु गरेका हौं ।’

शुक्रबार साँझको कार्यक्रमसँग यो अभियान बिट मारेको निर्माता थापाले बताएका छन् ।

 

केही दिन अघि चलचित्रको निर्माण पक्षले राजधानमिा औपचारिक कार्यक्रम आयोजना गरेर ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको थियो ।
चलचित्रमा वृद्ध अवस्थामा अमेरिका पुगेका भुटानी शरणार्थीका एक व्यक्तिले भुटान फर्किन चाहेको कथामा आधारित चलचित्र आउँदो शुक्रबारबाट देशभर प्रदृशनको तयारीमा छ ।

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । हरिवंशसंगै चलचित्रमा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको अभिनय छ । हलिउडका अभिनेता बु्रस डर्नले पनि यो चलचित्रमा विशेष भूमिकामा अभिनय गरेका छन् ।

चलचित्र विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ र अविरल थापालगायतले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।