१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


प्रदर्शन र आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएपछि ट्राफिक प्रहरीले माइतीघर–नयाँबानेश्वर–तीनकुने सडक खण्ड प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ । साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ ।

यस्तै नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई भने माईतिघरबाट डाईभर्सन गरिएको छ । राप्रपाको कार्यक्रमलाई मध्यनजर गर्दै भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ ।

डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।

यसबाहेक पिक आवरमा बढेका सवारी साधनका कारण कोटेश्वर, गौशाला, चावहिल, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ ।

बिहान नै शिक्षकहरुको प्रदर्शनका कारण समेत यातायात प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।