१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबाट लमजुङ जाँदै गरेको माइक्रोसँग स्कुटर ठोक्कियो, २ जनाको मृत्यु, १५ घाइते



काठमाडौं । तनहुँको नेपालडाँडामा माइक्रोबस र स्कुटर ठोक्किदा दुई जनाको मुत्यु भएको छ । डुम्रे–बेसीशहर सडकखण्ड अन्तरगत भानु नगरपालिका १० नेपालडाँडामा आइतबार दिउँसो करिब १२ः१५ बजेतिर सवारी दुर्घटना हुदाँ एक जनाको घटना स्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट लमजुङको बेसीशहरतर्फ जाँदै गरेको बा२ख ४०४२ नम्बरको माइक्रोबस र बेसीशहरबाट आइरहेको ग२६प ४०५८ नम्बरको स्कुटर ठोक्कीदा स्कुटरमा सवार बेसिशहर ८ बस्ने अन्दाजी ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटर चालक सुरेश श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनको भोटेवडार हस्पिटलमा सामान्य उपाचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

दुर्घटनामा परी माईक्रोमा सवार मनाङ नासों गाउँपालिका ८ धारापानीका मन घलेको मृत्यु भएको छ । जनविकास आधारभूत विद्यालयका प्रअ घलेको उपचारका क्रममा सुन्दरबजार स्थित नमुना सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।

स्कुटर चालक र माईक्रोबसमा सवार गरी १५ जना घाइते भएकोमा तिन जनालाई चितवन रिफर गरिएको छ भने अन्यको लमजुङ र तनहँुमा उपचार भइरहेको छ । माइक्रोचालक मानवहादुर घले तनहुँस्थित प्रहरी चौकी पुर्कोटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।