१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं शंखरपुरमा महिलाको हत्या, श्रीमान् फरार



काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक महिलाको हत्या भएको छ ।
खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो ।

मृतकका श्रीमान् रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । आइतबार राति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।

घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।