१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य तोलाको एक लाख ९१ हजार



काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । सोमबार (वैशाख ८) छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो ।

आइतबार (वैशाख ७) भने छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।