१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा काठमाडौंबाट तीनजना पक्राउ



काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले मोबाइल लुटपाटका घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पीडितको निवेदनका आधारमा प्रहरीले शिखरजंग थापा भनिने नवराज सुनुवार, राज निष्ट यादव र सुरेश ठाकुर हजामलाई पक्राउ गरेको हो ।

गत शुक्रबार दिउँसो पौने ४ बजे बसुन्धारामा मोटरसाइकलमा आएका दुई जनाले ट्याक्सी चालक प्रेम तामाङको बा२ज ३४५८ को ट्याक्सी ठमेलमा सामान लिन जाने भनेर रोकेको र फोन गर्नका लागि भनेर मोबाइल मागेर भागी फरार भएको भनी पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीको अनुसन्धानमा पक्राउ परेकाहरूले विभिन्न स्थान र व्यक्तिबाट मोबाइल लुट्ने गरेको पाइएको थियो । उनीहरूको साथतबाट प्रहरीले विभिन्न कम्पनीका चार थान मोबाइल बरामद गरेको छ ।

उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  २ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।